कस्तो रहला आज देशभरको मौसम ?

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०८२, ०६ : ३२
कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । अन्यत्र  मौसम मुख्यतया सफा रहेको छ ।  

आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । 

शुक्रबार भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस