चितवन। चितवनमा प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो करिब ३:०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ स्थित दिव्यनगरमा लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जुगेडीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा दिव्यनगर टोल बस्ने वर्ष ३२ का शुभास बि.क.लाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिको साथबाट डायजेपाम- ६३ एम्पुल, बुप्रेनोर्फिन -६३ एम्पुल , फेनेरगन एम्पुल - ६२ गरी जम्मा १८९ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ।
पक्राउ परेका व्यक्ति तथा बरामद लागुऔषधलाई आवश्यक कारबाहीका लागि चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, २० : २६
लेखकबाट थप