एजेन्सी । रुस–युक्रेन युद्धलाई अन्त्य गर्ने दिशामा महत्वपूर्ण संकेत दिँदै अमेरिकाले शान्ति सम्झौताअन्तर्गत युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ ।
बर्लिनमा भएको पछिल्ला वार्ताहरूपछि अमेरिकी अधिकारीहरूले करिब चार वर्षदेखि चलिरहेको युद्ध समाप्त गर्न आधार तयार भइरहेको बताएका छन् । वार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकाका दूतहरूबीच धेरै महत्वपूर्ण मुद्दाहरूमा छलफल भएको थियो ।
अमेरिकी अधिकारीहरूका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरू र युक्रेनी नेतृत्वबीच सुरक्षा ग्यारेन्टी र क्षेत्रीय मुद्दाहरूमा मतभेदहरू धेरै हदसम्म कम भएका छन् ।
अमेरिकाले युक्रेनलाई दिइने सुरक्षा ग्यारेन्टी अनिश्चित समयसम्म खुला प्रस्ताव नरहने स्पष्ट पारेको छ । राष्ट्रपति ट्रम्पले पनि अब शान्ति सम्झौताको पहिलेभन्दा धेरैनजिक पुगिएको र युरोपेली देशहरूको पनि पूर्ण समर्थन मिलिरहेको बताएका छन् ।
सुरक्षा ग्यारेन्टीको खाका
युरोपेली नेताहरू र अमेरिकाले मिलेर युक्रेनलाई मजबुत सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएका छन् । यसअन्तर्गत, युरोपको नेतृत्वमा एक बहुर्राष्ट्रिय बल बनाउने प्रस्ताव छ, जसलाई अमेरिकाले समर्थन गर्नेछ ।
यो बलले सेनाको पुनर्निर्माणमा मद्दत गर्नेछ । हवाई सुरक्षालाई मजबुत बनाउनेछ । समुद्री मार्गहरूलाई सुरक्षित बनाउनेछ । प्रस्तावमा युक्रेनी सेनालाई शान्ति कालमा करिब आठ लाख सैनिकसम्म सीमित राख्ने विषय पनि समावेश छ ।
भूभाग र नेटोमा मतभेद
शान्ति वार्तामा सबैभन्दा ठूलो अवरोध युक्रेनको जमीन र नेटो सदस्यतालाई लिएर छ । युक्रेन रुसलाई आफ्नो जमीन सुम्पिने पक्षमा नरहेको स्पष्ट पारेको छ । रुस भने युक्रेनले पूर्वी डोनबास क्षेत्रबाट आफ्नो सेना हटाओस् भन्ने चाहन्छ ।
जेलेन्स्कीले यदि, अमेरिका र पश्चिमी देशहरूले नेटोजस्तो सुरक्षा ग्यारेन्टी दिएमा, युक्रेनले नेटो सदस्यतामाथि पुनर्विचार गर्नसक्ने संकेत दिएका छन्, यद्यपि उसको प्राथमिकता अझै पनि नेटोमा सामेल हुनु नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०८२, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि