पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैलाउनु न्यायोचित नहुने बताएका छन् । पोखरामा आयोजित प्रदेश सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले लोकतन्त्रको अभिन्न अंग विधिको शासन र स्वतन्त्र निर्वाचन भएको उल्लेख गरे ।
‘लोकतन्त्रको अभिन्न अंग विधीको शासन र स्वतन्त्र निर्वाचन हो । निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कतैबाट पनि गर्नु र गराउनु न्यायोचित हुने छैन,’ उनले भने ।
लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको विषयप्रति सरकार र गृह प्रशासनले कार्य गरिरहेको अर्यालले सुनाए ।
‘राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको विषयप्रति सरकार र गृह प्रशासनले कार्य गरिरहेको व्यहोरा जानकारी गराउछु,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालद्वारा १९१ दिनको कार्यकालको उपलब्धि विवरण सार्वजनिक
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल
गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस