काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताएका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले त्यस्ता ठेक्कामा भने कुनै कारवाही नगरेको बताउँदै मन्त्री घिसिङले छानबिन गरिने उनको भनाइ छ।
‘आयोजनाको तर्फबाट पनि रुग्ण भएका ठेक्का धेरै छन् । त्यस्तालाई पनि कारवाही गर्नुपर्छ, ’उनले भने, ’अहिले जति पनि ठेक्का तोडिएको छ र तोडिँदै छन् । त्यस्ता ठेक्का निर्माण व्यवसायीकै कारण रुग्ण भएका हुन् । कर्मचारीको कारण रुग्ण भएको ठेक्कामा कुनै कारवाही अघि बढाइएको छैन । त्यसमा छानबिन गरेर सम्बन्धित कर्मचारीलाई कारवाही गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०८२, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता हो: मन्त्री घिसिङ
मन्त्री घिसिङद्वारा निर्माणाधीन सेती पुलको निरीक्षण
‘देश नयाँ शिराबाट अगाडि बढ्छ’: मन्त्री घिसिङ
समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिन्छ: मन्त्री घिसिङ
‘देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ’ : मन्त्री घिसिङ
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ