सुन तस्करीको ट्रान्जिट प्वाईन्ट 'मालागढी'

मंगलबार, २५ मंसिर २०७५, ०८ : ००
सुन तस्करीको ट्रान्जिट प्वाईन्ट 'मालागढी'

रसुवा l तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् ।

रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ थुमनथित मालागाढीमा सुरक्षा पोस्ट छैन ।

सोमबार धुन्चेबाट दुई किलो सुनसहित थुमनका ३७ बर्षीय निमा दोर्जे तामा पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस