काठमाडदं । नेपाल प्रमियर लिग (एनपीएल)मा आज जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
जनकपुरले आजको खेलमा एक परिवर्तन गरेको छ । यसअघि कप्तानको जिम्मेवारी पाएका वायन पार्नेलको स्थानमा संगीथ कूरे आएका छन् ।
पार्नेल पेलेइङ-११ मै नपरेपछि जनकपुर बोल्ट्सले आज फेरि कप्तान परिवर्तन गरेको छ । आज जान निकोल लफ्टी इटनले कप्तानी गरेका छन् ।
आज जनकपुर विजयी भएमा ४ अंक हुनेछ भने लुम्बिनी ६ अंकमै रोकिनेछ । यस्तोमा ६ अंक हुने टोली पनि प्लेअफमा पुग्न सक्छन् । जनकपुरले लिगकै अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०८२, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?
कसले जित्ला एनपीएल : सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ?
लुम्बिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै विराटनगर
एनपीएल : दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै
एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त