एजेन्सी । युक्रेनमा रुसको पछिल्लो हमलाले युद्धलाई फेरि एकपटक खतरनाक मोडमा पुर्याएको छ । पछिल्लो ४८ घण्टाभित्र रुसी सेनाले करिब ३६ ब्यालिस्टिक मिसाइल र लगभग ६०० ड्रोनमार्फत हमला गरेको युक्रेनी अधिकारीले जनाएका छन् ।
हमलामा धेरै ठूला ऊर्जा केन्द्रहरूमा क्षति पुगेको छ । करिब १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।
खेरसोन, सूमीको ठूलो भाग, खारकिभ सहर र खारकिभ क्षेत्रको विल्भास्थित सैन्य आधारमा भएका हमलाहरूले बिजुली आपूर्ति ठप्प भएको छ । हमलाले युक्रेनको सैन्य क्षमता र नागरिक पूर्वाधार दुवैलाई गम्भीर असर पुर्याएको छ ।
यी हमलाहरूमा २० भन्दा बढी नागरिकको मृत्यु भएको छ । युक्रेनी सञ्चार माध्यम सस्पिल्ने र किर्भिक इन्डिपेन्डेन्टले युक्रेनी ऊर्जा मन्त्रालय र स्थानीय प्रशासनलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार रुसले ऊर्जा संरचना र सैन्य आधारहरूलाई लक्षित गरेको थियो ।
खेरसोन र सूमी क्षेत्रका प्रमुख विद्युत् सबस्टेसनहरू र ट्रान्सफर्मर स्टेशनहरूलाई निशाना बनाइएकाले सम्पूर्ण क्षेत्रमा लामो समयका लागि विद्युत् सेवा कटौती भएको छ ।
खारकिभ सहर र यसको वरपरका क्षेत्रहरूमा बिजुली आपूर्ति अवरुद्ध हुनुका साथै पानीका पम्पिङ स्टेसनहरू र ट्राम–मेट्रोजस्ता सहरी सुविधाहरू बन्द भएका छन् ।
युक्रेनी सेनाका अनुसार, रुसले ४८ घण्टामा करिब तीन दर्जनभन्दा बढी ब्यालिस्टिक मिसाइल र ६०० जति ड्रोन प्रहार गरेर ‘स्याचुरेसन अट्याक’को रणनीति अपनाएको छ ।
युद्धमाथि नजर राख्ने धेरै अन्तर्राष्ट्रिय सामरिक थिंक ट्यांक जस्तै इन्स्टिच्युट फर द स्टडी अफ वार र स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)ले पहिले नैरुसले जाडो र ऊर्जामा निर्भर महिनाहरू नजिकिँदै गर्दा युक्रेनको बिजुली र तातो पानीको सुविधामा आक्रमण तीव्र पार्न सक्ने चेतावनी दिएका थिए ।
यसको मुख्य उद्देश्य सामाजिक–आर्थिक दबाब बढाएर किभलाई वार्ता वा सहुलियतहरूको लागि दबाब दिनु रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप