काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन्। यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।
तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ।
यो खेलमा सन्दीप लामिछानेको बलिङ र चितवनका रवि बोपाराको ब्याटिङ हेर्नलायक हुनेछ। यो सिजन दुई खेलमा रवि बोपाराले दुई अर्धशतक हिर्काइसकेका छन् ।
सन्दीप लामिछाने सर्वाधिक विकेट टेकरको रुपमा शीर्ष स्थानमा छन्। उनले दुई खेल खेल्दा सात विकेट हात पारेका छन्।
विराटनगरले अहिलेसम्म हारको सामना गरेको छैन। पहिलो खेलमा पहिलो खेलमा पोखराविरुद्ध ५३ रनको जित निकालेको विराटनगरले दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जित निकाल्दा तेस्रो खेलमा जनकपुरमाथि ९ रनको सनसनीपूर्ण जित हात पारेको हो। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ।
चितवन भने तालिकाको पाँचौं स्थानमा छ। पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको हो। दुवै टिम आज जित्नै पर्ने दबाबका साथ मैदानमा हुनेछ। विराटनगर शीर्ष स्थानमा उक्लिन चाहन्छ भने चितवन तेस्रो खेलबाट थप अंक जोड्न चाहन्छ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै
एनपीएल : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार
एनपीएलमा आज दुई खेल : विराटनगर - जनकपुर र कर्णाली - सुदूरपश्चिम भिड्दै
आज एनपीएलमा विश्राम, भोलि दुई खेल हुने
एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य
एनपीएल : पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै