काठमाडौं । सरकारले चारजना सचिवहरूको सरुवा गरेको छ । जसअनुसार संघीय सरकारदेखि प्रदेश सरकारसम्म नयाँ जिम्मेवारी तोकिएको हो ।
सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ।
तत्कालीन रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिव बनेपछि रिक्त उक्त पदमा शर्मालाई सरुवा गरिएएको हो । शर्माको स्थानमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल आएका छन् ।
त्यस्तै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएपछि पन्थलाई त्यहाँ सरूवा गरिएको हो ।
पन्थको स्थानमा कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा
१५ उपसचिवको सरुवा (सूचीसहित)
१७ डिएसपीको सरुवा (सूचीसहित)
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा