काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरवारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरूलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
मानव जीवन र सम्पत्तिको सुरक्षा सबैको उत्तरदायित्व भएकाले कार्ययोजना कार्यान्वयनमा तीन तहका सरकार, गैरसरकारी संघसंस्था, निजी क्षेत्र लगायत सवैबीच समन्वय हुनुपर्ने उनले बताए ।
उनले शीतलहर र हिमपात पूर्वतयारीका लागि समयमा नै पूर्वसूचनाको पहुँच पुर्याउँदै प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय र राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
प्राधिकरणले मंसिर १५ गतेभित्र शीतलहर र हिमपात हुने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरी तथ्यांक अद्यावधिक एवं लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने कार्ययोजना बनाएको छ ।
शीतलहर र हिमपात सुरु हुनु अघि नै विपद् प्रतिकार्यका लागि अनुमान अनुसार पूर्वतयारी तथा पूर्वकार्य गरी क्षति न्यूनीकरण गर्ने, शीतलहर र हिमपात अघि र पछि उद्धार तथा राहत वितरण सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने प्राधिकरणको कार्ययोजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा कडाइ गर्न गृहमन्त्री अर्यालको आग्रह
भूकम्प सुरक्षा दिवसलाई दीर्घकालीन जनचेतना अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ : गृहमन्त्री अर्याल
‘विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्छौँ’ : गृहमन्त्री अर्याल
‘म कुनै दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल
कर्णाली पुगेर गृहमन्त्री अर्यालले भने : ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’
विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔँ’: गृहमन्त्री अर्याल