काठमाडौं । इंग्ल्यान्डका ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जनाएको हो । ३५ वर्षीय रोय दाँयाहाते ओपनिङ ब्याटर हुन् ।
रोयले इंग्ल्यान्डका लागि ६४ टी-२०आई खेल्दा १५२२ रन बनाएका छन् । समग्र टी२० मा रोयले ४१२ खेल खेल्दा १० हजार भन्दा बढी रन बनाएका छन् ।
उनले इंग्ल्यान्डको भाइटालिटी ब्लास्टसँगै भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल लगायत विश्वका अधिकांश फ्रेन्चाइज लिगमा खेलेका छन् ।
सबैभन्दा सफल भने भाइटालिटी ब्लास्टमा छन् जहाँ १४६ खेल खेल्दा ४१९८ रन बनाएका छन् ।
पोखराले यसअघि न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमलाई अनुबन्ध गर्दा गत संस्करणका बार्बडियन अलराउन्डर रेमन रेइफरलाई यसपटक पनि निरन्तरता दिएको छ । त्यस्तै इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेटलाई अनुबन्ध गरेको छ ।
नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो ।
यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०८२, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भिडन्त
एनपीएल : लिग चरणको अन्तिम खेलमा आज कर्णाली र जनकपुर भिड्दै
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा प्रवेश
सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै विराटनगर
एनपीएलमा आज दुई खेल : पहिलो खेल सुदूरपश्चिम- विराटनगर र दोश्रोमा पोखरा र चितवन भिड्दै
जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै