काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसक्रममा मन्त्री अर्यालले जेन जेड विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकारले प्रयास गरिरहेको बताए ।
राजदूत फेनले नेपालमा आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बेलायतको आवश्यक सहयोग रहने विश्वास दिलाए।
उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी
धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा कडाइ गर्न गृहमन्त्री अर्यालको आग्रह
भूकम्प सुरक्षा दिवसलाई दीर्घकालीन जनचेतना अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ : गृहमन्त्री अर्याल
‘विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्छौँ’ : गृहमन्त्री अर्याल
‘म कुनै दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल
कर्णाली पुगेर गृहमन्त्री अर्यालले भने : ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’