काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको महाधिवेशनबारे जारी विवादमा सहमति खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
बैठक ललितपुरको धोबीघाटमा आज (शक्रबार) दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ । चुनावअघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए ।
२८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षमा रहेकाहरू आगामी पुसभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
महामन्त्री थापाले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनका लागि २७ मंसिरको मिति प्रस्ताव गरेका थिए । यस्तै अर्का महामन्त्री शर्माले नियमित महाधिवेशन नगरिए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानत: बाध्यता रहेको धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?