पोर्चुगलद्वारा कामदार भिसा बन्द, दूतावासले सचेत गरायो

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०८२, ०७ : २५
पोर्चुगलद्वारा कामदार भिसा बन्द, दूतावासले सचेत गरायो

File Photo

काठमाडौ । पोर्चुगलस्थित नेपाली राजदूतावासले त्यहाँको सरकारले कामदार भिसा सम्बन्धी कानुनमा संशोधन गरी उच्च दक्ष बाहेक अन्य सबै प्रकारका कामदार भिसा जारी नगर्ने निर्णय गरेको जनाएको छ।

राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोर्चुगल सरकारले गत अक्टोबर २३ देखि लागू हुने गरी उक्त निर्णय गरेको हो। यसबीचमा नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा बस्ने नेपालीहरूलाई “पोर्चुगलमा काम लगाइदिन्छौं” भन्दै प्रलोभनमा पारेर ठगी गर्ने प्रयास भइरहेको पनि राजदूतावासले जनाएको छ।

राजदूतावासले यस्ता गतिविधिमा नलाग्न र कसैको बहकाउमा नपरी ठगिनबाट जोगिन सबै नेपालीलाई सतर्क रहन आग्रह गरेको छ।

राजदूतावासले भनेको छ, “पोर्चुगल सरकारले उच्च दक्ष बाहेकका कामदार भिसा बन्द गरिसकेकोले कुनै दलाल वा व्यक्तिको प्रलोभनमा नपरी आधिकारिक सूचना स्रोतबाट मात्र जानकारी लिनुहोस्।”

प्रतिक्रिया दिनुहोस