काठमाडौ । लगानी खुम्चिएर बैंक तथा वित्तीय संस्थाहरुको तरलता सम्पत्ति बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले लामो अवधिको निक्षेप जारी गर्न थालेको छ।
बैंकले आइतबार तीन महिनाका लागि ३० अर्ब रकम बैंक तथा वित्तीय संस्थाहरुबाट तान्न लागेको हो।
आइतबार ८४ दिने निक्षेप जारी गर्दै बैंकहरु इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईनमार्फत हुने बोलकबोलमा सहभागी हुन भनेको छ।
अहिले राष्ट्र बैंकले २.७४ प्रतिशत ब्याजमा बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेप संकलन गर्दै आएको छ।
हप्तामा दुईदेखि तीन पटकसम्म निक्षेप संकलन गर्दै आएको केन्द्रीय बैंकले तरलता व्यवस्थापन हुन नसकेपछि लामो अवधिको निक्षेप उठाइरहेको हो।
यसअघि १ सय ७५ दिने निक्षेप संकलन गरेको बैंकले आइतबार भने ८५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको २ अर्ब ६० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले बजारबाट ४० अर्ब निक्षेप तान्दै
सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह
राष्ट्र बैंकले सुनका असर्फी यसपालि सर्वसाधारणलाई बिक्री नगर्ने
राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने
राष्ट्र बैंकले सुन आयातको कोटा बढायो