काठमाडौ । लगानी खुम्चिएर बैंक तथा वित्तीय संस्थाहरुको तरलता सम्पत्ति बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले लामो अवधिको निक्षेप जारी गर्न थालेको छ।
बैंकले आइतबार तीन महिनाका लागि ३० अर्ब रकम बैंक तथा वित्तीय संस्थाहरुबाट तान्न लागेको हो।
आइतबार ८४ दिने निक्षेप जारी गर्दै बैंकहरु इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईनमार्फत हुने बोलकबोलमा सहभागी हुन भनेको छ।
अहिले राष्ट्र बैंकले २.७४ प्रतिशत ब्याजमा बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेप संकलन गर्दै आएको छ।
हप्तामा दुईदेखि तीन पटकसम्म निक्षेप संकलन गर्दै आएको केन्द्रीय बैंकले तरलता व्यवस्थापन हुन नसकेपछि लामो अवधिको निक्षेप उठाइरहेको हो।
यसअघि १ सय ७५ दिने निक्षेप संकलन गरेको बैंकले आइतबार भने ८५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक