जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्।
उनले जनकपुरधामस्थित गंगासागर पोखरीको घाटमा सोमवार साँझ छठ पूजा अवलोकन तथा प्रार्थनापश्चात् पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क रहन आग्रह गरे।
साथै उनले निर्वाचनको विकल्प नभएको बताउँदै निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था पूर्ण रूपमा गरिने प्रतिबद्धता जनाए । उनले छठ पर्व प्राकृतिक जनआस्थाको प्रतीक रहेको उल्लेख गर्दै यसले सबै वर्ग तथा समुदायबीच आपसी सद्भाव कायम गरेको बताए । “यसको दिनप्रतिदिन गरिमा र महत्त्व बढ्दै गएको छ”, उनले भने


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैलाउनु न्यायोचित हुँदैन: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले गरे भेट
संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकता: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
गृहमन्त्रीको निर्देशन : ‘शीतलहर र हिमपात पूर्वतयारी योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नु’
गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट