‘भ्वाइस’ को सातौं सिजन शुक्रबारदेखि सुरु हुने

सफल खबर संवाददाता

सोमबार, १० कार्तिक २०८२, ११ : १७
‘भ्वाइस’ को सातौं सिजन शुक्रबारदेखि सुरु हुने

काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आगामी शुक्रबारदेखि सुरु हुने भएको छ ।

शोले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ । जसअनुसार, १४ कात्तिकदेखि हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीमा शो प्रसारण हुनेछ ।

नयाँ सिजनको कोचमा राजु लामा र प्रमोद खरेलको पुनरागमन भएको छ । खेम सेन्चुरी र मेलिना राईलाई पनि कोचको रुपमा देख्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस