काठमाडौँ । प्रहरीले जिल्ला कारागार नवलपरासीबाट फरार भएका कैदी पाल्पाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२१ बस्ने २८ वर्षीय श्याम मगर भनिने समीर गुरुङ रहेका छन् ।
भदौ २४ गते कारागारबाट फरार भएका श्याम भनिने समीरलाई पाल्पाको तानसेन साङिखोलाबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनी ससुराली घरमा लुकिछिपी बसेको थियो ।
हाल पक्राउ परेका गुरुङलाई जिल्ला कारागार पाल्पामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ कार्तिक २०८२, १० : ५१
लेखकबाट थप