शिक्षकको गालीगलौज, छात्राले गरिन् आत्महत्या

एजेन्सी

विहीबार, २० मंसिर २०७५, १२ : ५३
शिक्षकको गालीगलौज, छात्राले गरिन् आत्महत्या

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । 

नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । 

छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस