सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०८२, ११ : ३०
सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या

काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका-६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ ।

वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी बिबादको कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले यही कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते गराएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो । अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए । घर फिर्ता भएपछि सिराहाको कर्जन्हा नगरपालिका-५ स्थित ससुरालीमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस