लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासी डुबे

एजेन्सी

बुधबार, १९ मंसिर २०७५, १७ : २४
लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासी डुबे

फाईल फोटो

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ । 

गैरकानुनी रुपमा सो जलक्षेत्रमा आएका ती आप्रवासीको दुर्घटनामा मृत्यु भएको ‘द लिबयान रेड क्रिसेन्ट’ले बिहीबार जानकारी दिएको छ । 

एउटा रबर–निर्मित डुङ्गामा गैरकानुनी रुपमा सवार २५ जना आप्रवासीमध्ये १५ जनाको डुबेर मृत्यु भएको छ भने अन्य १० जनाको उद्धार गरिएको लेबनान रेड क्रिसेन्टका प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ । 
हजारांै आप्रवासीहरु गैरकानुनी रुपमा भूमध्यसागर हँुदै लिबियाबाट युरोेप पुग्ने गरेका छन् ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस