‘कबड्डी ५’ को छायांकन मुस्ताङमा सुरु

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०८२, १५ : १४
‘कबड्डी ५’ को छायांकन मुस्ताङमा सुरु

काठमाडौं । चर्चित फिल्म ‘कबड्डी’ले पाँचौं श्रृंखलाको छायांकन मंगलबारदेखि हिमालपारिको जिल्ला मुस्ताङमा सुरु गर्दैछ ।

छायांकन सुरु हुनु एकदिनअघि प्रसिद्ध मुक्तिनाथ मन्दिरमा ‘कास्ट एन्ड क्रू’को उपस्थितीमा शुभसाइत पूजा गरियो ।

कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार फिल्मको ७० प्रतिशत भाग मुस्ताङ र बाँकी काठमाडौंमा छायांकन गर्ने तालिका छ । ३५ दिने छायांकन तालिका राखिएको फिल्मको कास्टिङबारे नयाँ अपडेट पनि छ ।

अघिल्लो भागदेखि देखिँदै आएका दयाहाङ राई, मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, अरुणा कार्की पाँचौ भागमा देखिनेछन् । नयाँ श्रृंखलामा विपिन कार्की र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ पनि जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस