ललितपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन् ।
विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले सरकार सबैको समन्वय, सहकार्य र सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री अर्यालले भने, “नेपाल विपद् संवेदनशील क्षेत्रमा रहेको छ, भौगोलिक रूपमा सुन्दरका साथै त्यतिकै विपद्को उच्च जोखिममा पनि छ, हालै भएको विपद्का कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको छ, यसका कारण विकासको गतिसमेत अवरुद्ध हुँदै आएको तथ्य हामीसामु छ, विगतका ठूला भूकम्प र बाढी पहिरोले हामीलाई विपद् जोखिम न्यूनीकरणका लागि व्यवस्थाको महत्त्वको आवश्यकता महसुस गराउँदै आएको छ, सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सुरक्षा निकायको क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको छ’ : गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी
धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा कडाइ गर्न गृहमन्त्री अर्यालको आग्रह
भूकम्प सुरक्षा दिवसलाई दीर्घकालीन जनचेतना अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ : गृहमन्त्री अर्याल
‘विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्छौँ’ : गृहमन्त्री अर्याल
‘म कुनै दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल