उठबस गराउँदा विद्यार्थी बेहोस !

पत्रपत्रिकाबाट

बुधबार, १९ मंसिर २०७५, ०७ : २०
उठबस गराउँदा विद्यार्थी बेहोस !

काठमाडौं । ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै । 
कारण खोतल्दा थाहा भयो — गािणत शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन् । 
१५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । 

यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर भलामा दौडदै पुगे । कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए । 
झन्डै आधा घण्टापछि उनको झन्डै उनको होस फिर्यो । 

हाफ छुट्टीमा दर्शनलाई नजिकैको स्वास्थ्यचौकी लगियो ।

विद्यालयले घटना गुपचुप राख्न खोज्यो । 

अभिभावकलाई जानकारी नै गराएन । 

होमवर्क नगरेकामा सजाय पाएकाले दर्शनले घरमा पनि केही भन्ने आँट गरेनन् । बाबु कुटनाथले भोलिपल्ट छोराको साथीबाट यसबारे थाहा पाए ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस