काठमाडौं। जेनजी आन्दोलनका अगुवा भनेर चिनिएका सुदन गुरुङले पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई प्रकाउ गर्न हात धोएर लागेका छन्। उनले प्रकाउ गर्न निवेदन र जाहेरी समेत लिएर प्रहरी कार्यालय पुगेका उनको जाहेरी प्रहरीले दर्ता नगरेको स्रोतले बताएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको लिखित आदेश आए मात्रै नेपाल प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्ने जनाएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि बनाइएको जाँचबुझ आयोगले काम गरिरहेकाले प्रहरीले उजुरी लिनु भनेको मुठभेड निम्त्याउनु भएको हुँदा त्यसको सबै जिम्मा लिने गरी प्रधानमन्त्रीबाट लिखित आदेश आए जाहेरी लिने बताएको बालुवाटार उच्च स्रोतले जनाएको छ। सो लिखित आदेशका लागि सुदन गुरुङले प्रधानमन्त्रीलाई दबाब दिएको र हिजो राती समेत बालुवाटारमा छलफल भएको उच्च स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा आगजनी, तोडफोड, लुटपाट र आतंक मच्चाउनेलाई कारबाही गर्न गृहमन्त्रीसमक्ष ध्यानाकर्षण