काठमाडौ । नवयुवा (जेएनजी) ले गत भदौ २३–२४ गते गरेको आन्दोलन हिंसात्मक भएसँगै देशभरका कारागारबाट फरार भएका कैदीमध्ये पाँच हजार ८१४ जना कैदी अझै फर्किएका छैनन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीबाट लुटेका करिब आठ सय हतियार पनि अझैसम्म बरामद हुन सकेको छैन ।
आन्दोलनको मौका छोपेर फरार भएका १४ हजार ५४९ जना कैदीमध्ये पछिल्लो २८ दिनमा आठ हजार ७३५ जना कैदी भने कारागार फर्किसकेका छन् । त्यस्तै प्रहरीबाट लुटिएका करिब एक हजार २५० हतियारमध्ये २७४ वटा हतियार बरामद गरिएको र ९६ वटा हतियार जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आन्दोलनका क्रममा फरार कैदीलाई स्वस्फूर्त रूपमा फर्किन सरकारले सोमबारसम्मका लागि समय दिएको थियो । प्रहरी कार्यालय तोडफोड र आगजनी गर्ने क्रममा लुटिएका करिब आठ सय हतियार नियन्त्रण तथा फरार झन्डै छ हजार कैदीका कारण शान्ति सुरक्षामा नै असर पर्ने देखिएपछि नियन्त्रणका लागि ‘विशेष अपरेसन सञ्चालन’ गर्ने तयारी गरिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ असोज २०८२, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द