काठमाडौँ । जेन जेड युवा आन्दोलनको क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरूलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन् ।
गृह मन्त्रालयको निर्णय बमोजिम जेन जेड आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरूमा डेडिकेटेड जेन जेड क्लिनिक समेत स्थापना गरिएको छ ।
घाइतेहरूको फलो अप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशभरका १६ अस्पतालहरूमा जेन जेड क्लिनिक स्थापना गरिएको हो । साथै जेन जेड आन्दोलनका घाइतेहरूलाई अस्पतालसम्म नि:शुल्क आउँ-जाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ असोज २०८२, १४ : ०६
लेखकबाट थप