काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेतको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने बताएका छन् ।
सोमबार आईएमएफका नेपाल मिसन प्रमुख सरवत जहाँसँग भर्चुअल बैठक गर्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । बैठकमा मिसन प्रमुख सरवतले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रम निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेकी छन् ।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु रहेको र हालै जेनजी युवाको नेतृत्वमा भएको प्रदर्शन क्रममा व्यक्त भएको सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असोज २०८२, १३ : ५८
लेखकबाट थप