प्रधानमन्त्रीसहित मन्त्रीहरूद्वारा निजी क्षेत्रका पदाधिकारीसँग छलफल

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, १५ : २०
प्रधानमन्त्रीसहित मन्त्रीहरूद्वारा निजी क्षेत्रका पदाधिकारीसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रका अगुवाहरूसँग छलफल गरेकी छन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा कार्कीले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् सदस्य र जेन जेड आन्दोलनबाट क्षति भएका उद्योग व्यवसायी संघ छलफल गरेकी हुन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृह एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याल, उद्योग वाणिज्य महासंघका अध्यक्षलगायतको पनि उपस्थिति थियो ।

छलफलबाट बाहिरिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग गरिएको छलफलले निजी क्षेत्रको मनोबल उकास्ने सन्देश दिएको बताए ।

अध्यक्ष ढकालले भने, ‘उद्योग तथा व्यवसायमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिमा सरकारले साथ सहयोग गर्ने भनेको छ । यसले निजी क्षेत्रका लागि सकारात्मक सन्देश दिएको छ ।’

आन्दोलनको मौका छोपेर निजी क्षेत्रलाई निशाना बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस