ओली सरकारको हठ आन्दोलनको मुख्य कारण बन्यो : माओवादी नेता पोखरेल

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०८२, १२ : ०७
ओली सरकारको हठ आन्दोलनको मुख्य कारण बन्यो : माओवादी नेता पोखरेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्य बढेकोमा सरकारको नेतृत्वमा रहनेहरू परिवारवादमा लिप्त हुँदा युवाहरू आन्दोलित भएको उनको भनाइ छ । 

उनले संवैधानिक आयोग तथा राज्यका निकायहरूमा प्रतिस्पर्धा र क्षमताका आधारमा नियुक्ति गर्नुपर्नेमा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिका कारण जनतामा व्याप्त आक्रोश रहेको बताए । साथै जेनजी पुस्ताको आन्दोलनमा व्यवस्था विरोधी तथा वैदेशिक शक्तिहरूले घुसपैठ गरेको समेत उनले आशङ्का गरे । 

प्रतिक्रिया दिनुहोस