चितवनकी चेली जेनेभा च्यालेन्जको दोस्रो स्थानमा

सफल खबर संवाददाता

सोमबार, १७ मंसिर २०७५, १२ : ५६
चितवनकी चेली जेनेभा च्यालेन्जको दोस्रो स्थानमा

भरतपुर । स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुको बहुआयामिक प्रतिस्पर्धाको रुपमा मानिएको जेनेभा च्यालेन्ज २०१८ मा सहभागी चितवनको भरतपुर–२ क्षेत्रपुरकी सचिना पौडेल दोस्रो हुन सफल भएकी छन् ।

गत बुधबार जेनेभामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले बंगलादेशको ब्राक विश्वविद्यालयको समूहबाट एसिया महादेशको प्रतिनिधित्व गरेकी थिइन् । उनी ब्राक विश्वविद्यालयको ढाकामा एमपीएच अध्ययन गर्दैछिन् ।

सन् २०१४ देखि प्रत्येक वर्ष आयोजना गरिने द एडभान्सिङ डेभलप्मेन्ट गोल्स इन्टरनेसनल नामको उक्त प्रतिस्पर्धा विभिन्न विषयमा हुँदै आएको अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा हो ।

उनी र उनको समूहले सहरीक्षेत्रमा हरियाली भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सचिना पौडलका अनुसार पी वान र पी टु गरी दुई मोडेलको उक्त प्रोजेक्ट परिचालनको लागि मोबाइल एप्स समेत विकास गरिएको र सहरमा उत्पादन हुने फोहोर व्यवस्थापनलाई समेत साथसाथ लगिएको छ ।

द जेनेभा च्यालेन्ज नाम दिइएको यस प्रतिस्पर्धा कोफे अनान फाउण्डेशन, द ग्राजुयट इन्स्टिच्यूट जेनेभा, सेन्टर फर इन्टरनेशनल इन्भाइरोमेन्ट स्टडिज र एसडीएसएन युथको समेत सहभागिता रहेको उक्त प्रतियोगिता विश्वभरका स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहले तीनदेखि पाँच जनाको समूह बनाएर प्रतिस्पर्धामा भाग लिन सक्ने व्यवस्था छ ।

जेनेभा च्यालेञ्ज नाम दिइएको यस प्रतिस्पर्धा विश्वभर समस्याको रुपमा रहेको मौसम परिवर्तन अर्थात् क्लाइमेट चेन्जको बारेमा रहको सचिनाले बताइन् ।

सचिनाका आमा शान्ता अधिकारी नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष हुन् भने बाबु चिन्तामणि पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद हुन् । अभिभावकद्वयका अनुसार सचिना बाल्यकालदेखि नै पढाइसँगसँगै अन्य बाह्य बौद्धिक क्रियाकलापमा समेत सक्रिय हुन्थिन् ।

प्रतिक्रिया दिनुहोस