काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले आफ्नो घर जेनजी समूहले आगजनी नगरेको दाबी गरेका छन् ।
जेनजी प्रदर्शनका क्रममा २४ भदौमा काठमाडौं हात्तीगौँडास्थित उनको निजी घर जलेको थियो । तर, आफ्नो घर प्रदर्शनकारीले नजलाएको दाबी गरेका हुन् । शुक्रबार आफ्नै जलेको घरअगाडि भेटघाटका लागि आएका आफन्तहरूसँगै बोल्दै चन्दले आफू कुनै राजनीतिकर्मी नभएको र राष्ट्रसेवक भएकाले प्रदर्शनकारीले जलाउनुपर्ने कारण नभएको बताएका हुन् ।
उनले भने,‘‘प्रदर्शनकारीले मेरो घर आगो लगाएका होइनन् । म प्रहरी सेवामै रहँदा बाटो बनाउने क्रममा केही छिमेकी नै असन्तुष्ट भएका थिए उनीहरूले नै मेरो घर जलाए ।’’
हामीमाथि भगवानको आशीर्वाद भएका कारण पुनः जलेको घरबाट अझ बलियो भएर निस्किने बताए । २३ भदौदेखि प्रदर्शनमा उत्रिएका जेनजी समूहको प्रदर्शनमा सरकारीदेखि विभिन्न व्यक्तिका निजी घरहरूमा आगजनी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १९ : १२
लेखकबाट थप