काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधान दिवसको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुराना नेतादेखि जेन जेड अगुवासम्मको जमघट देखिएको छ ।
हालका मन्त्री तथा पुराना विभिन्न दलका नेता कार्यकर्ताहरू राष्ट्रपति कार्यालय पुगेका हुन् ।
गृहमन्त्री ओमप्रकाश अर्याल कार्यक्रममा उपस्थित भएका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका नेता झलनाथ खनाल, रास्वपाका निवर्तमान सांसद शिशिर खनाल, नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजाल लगायतका नेताहरू पनि राष्ट्रपतिको निम्तो मान्न पुगेका छन् ।
कार्यक्रममा जेन जेडका अगुवा दाबी गर्दै आएका सुधन गुरुङ पनि पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १६ : ४२
लेखकबाट थप