काठमाडौँ । स्वास्थ्य सचिव नियुक्ति प्रकरणमा असन्तुष्टि जनाउँदै लामो समयदेखि बिदामा रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रा मन्त्रालय फर्किएकी छिन् ।
मन्त्रालय प्रशासन महाशाखाका एक अधिकारीका अनुसार बिहीवार डा. मिश्रा मन्त्रालयमा आएर आफ्नो कार्यकक्षमा लामो समयसम्म बसेकी थिइन्। त्यसैले उनले सम्भवतः औपचारिक रूपमा हाजिर समेत गरेकी हुनुपर्ने जानकारी प्रशासनलाई दिएको छ।
जेन जेड आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि पदमुक्त भए पछि १२औँ तहकी अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किएकी हुन्।
गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयको सचिव बढुवामा ज्येष्ठता वरिष्ठता विपरीत डा. विकास देवकोटालाई नियुक्त गरिएको भन्दै असन्तुष्टि जनाउँदै उनी निरन्तर बिदामा बसेकी थिइन्। सो निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १४ : ०६
लेखकबाट थप