असोज ३ लाई कालो दिनका रूपमा मनाउने संघीय मोर्चाको निर्णय

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०८२, १९ : ४९
असोज ३ लाई कालो दिनका रूपमा मनाउने संघीय मोर्चाको निर्णय

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ लाई कालो दिनका रूपमा मनाउने भएको छ । 

संघीय लोकतान्त्रिक मोर्चाका केन्द्रिय सचिवालय संयोजक डा. शिवजी यादवले एक विज्ञप्ति जारी गर्दै सो नयाँ संविधान २०७२ जारी भएको दिनलाई कालो दिनका रूपमा मनाउने निर्णय भएको जनाएको हो । 

मोर्चाले सोही सामूहिक रूपमै कालोपट्टि बाँधी संविधानको विरोध गरी प्रदर्शन गर्नेसमेत निर्णय गरेका छ ।

डा. यादवद्वारा जारी सो विज्ञप्तिमा संविधानमा मधेशको असहमति रहँदा बाबजुद पनि राज्यले मधेशीमाथि दमन गरी सो संविधान जारी गरेको उल्लेख गरिएको छ ।

२०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबरजस्त एकतर्फी रूपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएको मोर्चाको ठहर छ ।

प्रतिक्रिया दिनुहोस