मन्त्रीद्वय घिसिङ र अर्यालले प्रहरी अस्पतालका घाइतेलाई भेटे

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०८२, १९ : २७
मन्त्रीद्वय घिसिङ र अर्यालले प्रहरी अस्पतालका घाइतेलाई भेटे

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरूसँग भेटवार्ता गरेका छन् ।

ऊर्जा मन्त्री घिसिङको सचिवालयका अनुसार, भेटका क्रममा उनीहरूले घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

उक्त अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ । यसअघि उनीहरूले आजै संघीय संसद् भवन र मन्त्री क्वार्टरको पनि अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस