काठमाडौ । जल तथा मौसम विज्ञान विभागले रूपन्देही जिल्लास्थित तिनाउ खोलाले बुटवल जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ।
विभागका अनुसार बुधबार विहान ७:१० बजेसम्म पानीको सतह लगातार बढिरहेको छ। यस कारण नदी तटीय क्षेत्र तथा डुबान भईरहने होचा स्थानमा बसोबास गर्ने स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
तिनाउ खोलामा पानीको बहाव तीव्र भइरहेकाले आकस्मिक डुबान तथा क्षतिको सम्भावना रहेकाले जोखिम क्षेत्रमा रहनुपर्ने अवस्था भए तत्काल सुरक्षित स्थानतर्फ सर्ने विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०८२, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा आधिँ खोलाको जलसतह सतर्कता तह नाघ्यो, स्थानीयवासीलाई सतर्क रहन आग्रह
हनुमन्ते खोलाको हालको जलसतह सतर्कता तह नजिक