काठमाडौँ । जेन जेड प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या ७३ पुगेको हो ।
नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन् । मृतकहरूमा प्रदर्शनकारीतर्फ बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ छन् ।
यसैगरी भदौ २४ मा भएको लुटपाट र आगजनीको क्रममा ३८ जनाको मृत्यु भएको छ । भाटभटेनी सुपर मार्केट तथा व्यक्तिहरूको घरमा जलेको अवस्थामा १५ जनाको शव भेटिएको छ ।
कैदी बन्दी तथा बाल बन्दीतर्फ १० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड प्रदर्शनको क्रममा घाइते भएका अझै ९ जना उपचाररत, ३६६ जना घर फर्किए
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो