काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौँको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक-एक जनाको मृत्यु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।
।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ भदौ २०८२, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार १२२ कैदी काठमाडौँबाट पक्राउ
जेन जेड प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेन जेड क्लिनिक’ सञ्चालन गरिने
जेन जेड प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ पुग्यो
जेन जेड प्रदर्शनको क्रममा घाइते भएका अझै ९ जना उपचाररत, ३६६ जना घर फर्किए