काठमाडौँ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले क्षति भए पनि आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकोले अब विवाद अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
मन्त्रीको पदभार ग्रहण गरे लगत्तै सोमबार गृह मन्त्रालयमा उनले सञ्चारकर्मीहरूसँग अब विवाद गरेर पछि फर्किन नहुने धारणा राखे ।
‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने,’क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ। अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचन बाट थप प्रमाणीकरण गर्न लाग्नुपर्छ ।’
उनले अहिले मुलुकलाई दीर्घकालीन रूपमा सही बाटोमा लैजानुपर्ने बताए ।
उनले अहिले सरकारको मुख्य प्राथमिकता राज्यका तीनवटै अंगका संरचनाहरू नभएकाले राज्य भन्न लायक गरी ती संरचना बनाउनमा हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालद्वारा १९१ दिनको कार्यकालको उपलब्धि विवरण सार्वजनिक
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
निर्वाचनमा नयाँ मानक स्थापित गरेको गृहमन्त्री अर्यालको दाबी
गृहमन्त्री अर्याल र प्रधान सेनापतिबीच छलफल
गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस