राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०८२, १४ : २२
राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय

काठमाडौं । जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै सो निर्णय गरेका हुन् । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रीपरिषदले निर्णय लिने उनले बताए ।

यसैगरी, आन्दोलनमा मृतकका परिवारलाई एक लाख-एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि गृहमन्त्रीकाे छ । शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरिएको छ

प्रतिक्रिया दिनुहोस