अर्थमन्त्री रामेश्वर खनाल पहिलो वरीयतामा

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०८२, १४ : १७
अर्थमन्त्री रामेश्वर खनाल पहिलो वरीयतामा

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले गठन गरेको मन्त्रिपरिषदमा अर्थमन्त्री खनाललाई पहिलो वरीयतामा राखिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका थिए ।

शपथपछि राष्ट्रपति कार्यालयले पठाएको पत्रमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो नम्बरमा राखिएको छ ।

यसैगरी दोस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई राखिएको छ भने तेस्रो वरीयतामा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री मातहतमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस