काठमाडौँ । जेन जेड आन्दोलनपछिको असामान्य परिस्थितिबीच अत्यावश्यक आपूर्ति र सेवा प्रवाहलाई सुचारु गर्ने विषयमा आज दिउँसो २:३० बजे सचिव स्तरीय भर्चुअल बैठक बस्ने भएको छ।
एक सचिवका अनुसार बैठक नागरिकले पाउनुपर्ने सरकारी सेवाहरूलाई तत्काल कसरी पुनः सञ्चालन गर्न सकिन्छ भन्नेबारे केन्द्रित हुनेछ। शान्ति सुरक्षा क्रमशः सामान्य हुँदै गइरहेका अवस्थामा, कार्यालय, विभाग र मन्त्रालयहरूलाई खोल्दै जाने र परिस्थिति अनुसार सेवा सुरु गर्ने विषयमा छलफल हुने तयारी गरिएको हो।
बैठकले प्रदेश स्तरसहितका सरकारी कार्यालयहरू पुनः सञ्चालन गर्नुपर्ने व्यावहारिक कदमबारे पनि निर्णय गर्ने अपेक्षा गरिएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ भदौ २०८२, १४ : ५५
लेखकबाट थप