काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेलले विषम परिस्थितिकाे शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयाेग गर्न आग्रह गर्नुभएकाे छ ।
राष्ट्रपति पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा स्वीकृती भईसकेकाले अहिलेकाे विषम परिस्थितिबाट मूलुक, जनता र लाेकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयाेग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
राष्ट्रपति पाैडेलले लाेकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०८२, १८ : ०८
लेखकबाट थप