सीमा नाकाबारे ल्हासा महावाणिज्य दूतावासले गरायो सिचाङको ध्यानाकर्षण

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०८२, १९ : ५३
सीमा नाकाबारे ल्हासा महावाणिज्य दूतावासले गरायो सिचाङको ध्यानाकर्षण

काठमाडौँ । चीनले रसुवा सीमा व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको जानकारी दिएको छ । ल्हासास्थित चीनका लागि नेपाली महावाणिज्य दूतावासमा पुगेर सिचाङ स्वायत्त क्षेत्रका विदेश मामिला कार्यालयका महानिर्देशक पाओ तिङले यस्तो जानकारी दिएका हुन् ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको भीषण बाढीका कारण रसुवा नाका ध्वस्त हुनुका साथै मानवीय तथा भौतिक क्षति भएको थियो । बुधबार नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँगको भेटवार्तामा महानिर्देशक तिङले रसुवा सीमा व्यवस्थापनको कामलाई तीव्रता दिइएको र नेपाल-चीन व्यापार तथा वाणिज्यको मुख्य आधार रहेका रसुवागढी र तातोपानी सीमा नाकाको व्यवस्थापन गर्न र किमाथांका सीमा नाका सञ्चालन गर्न चिनियाँ सरकार तयार रहेको जानकारी गराए । साथै उनले नाका सञ्चालनका लागि नेपाल र चीन दुबैतर्फबाट संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस