प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गरौं : पर्यटनमन्त्री पाण्डे

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०८२, १९ : ५४
प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गरौं : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थप गरेरै भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्णध्यान दिन मन्त्रालय र मातहत निकायलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति र आव २०८१/८२ को प्रगति समीक्षा बैठकमा मन्त्री पाण्डेले योजना अधुरै नछाड्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।