काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।
बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ भदौ २०८२, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी दुई प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आजको मौसम ?