चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी निरीक्षक प्रतिक सिंह साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । उनले तनहुँको डुम्रे बजारमा स्थानिय ब्यक्तिको घरबाट चोरी गरी फरार रहेको अवस्थामा उक्त घटनामा संलग्न व्यक्तिहरुलाई इच्छाकामना गाउँपालिका - ५ मुग्लिन बजारबाट पक्राउ गरेका थिए ।
त्यस्तै उनले मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोले बाटो बन्द हुँदा टा्रफिक ब्यवस्थापन मिलाइ बाटो सुचारु गर्न उत्कृष्ट तबरले कार्यसम्पादन गरेका थिए ।
पुरस्कृत भएका सिंहले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै चोरी, कर्तव्य लगायतका बिभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याई नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १४ : ००
लेखकबाट थप