आईएनजीओको सम्मेलनका लागि सरकारले तोड्यो कुटनीतिक परम्परा

पत्रपत्रिकाबाट

शुक्रबार, १४ मंसिर २०७५, ०८ : २९
आईएनजीओको सम्मेलनका लागि सरकारले तोड्यो कुटनीतिक परम्परा

काठमाडौं । आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो । अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे ।  यो मामिलामा सरकारले कूटनीतिक परम्परा तोडेको छ । यसलाई गम्भीर गल्ती भन्दै राज्य सञ्चालन र कुटनीतिमा सरकार कमजोर देखिएको परराष्ट्र मामिला जानकारहरूले बताएका छन् । 

जोरबिजोर प्रणाली लागू भएपछि यात्रामा दुःख भोगेका सर्वसाधारणले पनि सरकारको आलोचना गरेका छन् ।

सातजना विशिष्ट पाहुनाको स्वागत गर्ने जिम्मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन् । सार्क र बिम्स्टेक शिखर सम्मेलनमा झैं यी पाहुनालाई सरकारले उच्च महत्व दिएको छ । जबकि यो सरकारको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रम होइन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस